काठमाडौँ । कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।
प्रहरीले शुक्रबार पलाँता गाउँपालिका-९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि हातपात गर्ने तीन जनालाई पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार गए राती भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






