२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलपी ग्यास आपूर्ति र वितरणको अवस्थाबारे स्याङ्जा प्रशासनको अनुगमन

अ+ अ-

स्याङ्जा। खाना पकाउने एलपी ग्यासको बजार आपूर्तिमा कृत्रिम समस्या सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाका ग्यास डिलर तथा सप्लायर्सको अनुगमनलाई तीव्रता दिएको छ।

उपभोक्ताबाट ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको संयोजकत्वमा संयुक्त अनुगमन टोली परिचालन गरिएको हो। टोलीले पछिल्ला दुई दिनदेखि जिल्लाका विभिन्न क्षेत्रमा पुगेर ग्यासको आपूर्ति, भण्डारण तथा उपभोक्तासम्मको वितरण अवस्थाको निरीक्षण गरिरहेको छ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयसँगै एकीकृत कार्यालय तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधि सहभागी टोलीले चापाकोट, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकामा सञ्चालित ग्यास डिलर तथा सप्लायर्सको स्थलगत अनुगमन गरेको छ।

अनुगमनका क्रममा अधिकांश व्यवसायीले सम्बन्धित उद्योगबाट नियमित रूपमा एलपी ग्यास प्राप्त गरिरहेको भेटिएको प्रशासनले जनाएको छ। यद्यपि बजारमा ग्यासको वितरण प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र अभिलेखमा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

अनुगमन टोलीले व्यवसायीको मौज्दातमा रहेको ग्यासको परिमाण, उद्योगबाट प्राप्त आपूर्ति तथा उपभोक्तासम्म भएको वितरणको विवरणसमेत परीक्षण गरेको थियो। त्यसक्रममा डिलर तथा सप्लायर्सलाई ग्यासको आयात, भण्डारण र वितरणसम्बन्धी अभिलेख स्पष्ट रूपमा अद्यावधिक राख्न निर्देशन दिइएको प्रशासनले जनाएको छ।

0 Comments