२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिंहदरबार’को नाम फेर्ने अभिव्यक्ति विवादमा परेपछि हरि ढकालको स्पष्टीकरण : ‘म मेरो तर्कमा अडिग छु’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने भनी दिएको अभिव्यक्ति विवादमा परेपछि त्यसको आशय स्पष्ट पार्ने प्रयास गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले आफ्नो अभिव्यक्तिको सन्दर्भ व्याख्या गरे पनि सिंहदरबारको नामसम्बन्धी आफ्नो तर्कमा भने अडिग रहेको बताएका छन्।

ढकालले आइतबार दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले पूरा भिडियो नहेरी आफ्नो भनाइको एउटा अंशका आधारमा टिप्पणी भइरहेको आशयसमेत व्यक्त गरेका छन्।

ढकालले सिंहदरबार निर्माणका क्रममा श्रमिकमाथि भएको शोषणको इतिहास आफूले यसअघि नै पढेको उल्लेख गर्दै आफ्नो अभिव्यक्ति त्यसको इतिहास, स्वभाव र विरासतसँग सम्बन्धित रहेको बताएका छन्।

उनले लेखेका छन्, “त्यो दरबारको स्वभाव–भाव भङ्गी नाम जस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो।”

उनले अहिलेको परिवर्तनकै क्रममा सिंहदरबारको नाम फेर्नुपर्ने आफूले नभनेको पनि स्पष्ट पार्ने प्रयास गरेका छन्। विगतका राजनीतिक परिवर्तनका क्रममा धेरै ठाउँका नाम परिवर्तन गरिएको उल्लेख गर्दै त्यही बेला सिंहदरबारको पनि अर्को नाम राखिएको भए हुने भन्ने सन्दर्भमा आफूले धारणा राखेको उनको भनाइ छ।

अभिव्यक्तिको सन्दर्भ स्पष्ट पार्दै ढकालले आफ्नो मूल तर्क भने परिवर्तन गरेका छैनन्। उनले सिंहलाई दया र करुणाको प्रतीकका रूपमा आफूले नहेर्ने बताएका छन्।

“म मेरो तर्कमा अडिग छु-सिंह दया र करुणाको प्रतीक होइन। सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासककै प्रतीक हो,” ढकालले फेसबुकमा लेखेका छन्।

उनले सामाजिक सञ्जालमा आफूले देखेको मृग (हरिण) र सिंहको दृश्यको प्रसंगसमेत उल्लेख गर्दै आफ्नो धारणालाई सांकेतिक रूपमा प्रस्तुत गरेका छन्।

ढकालले आफ्नो पूरा अभिव्यक्ति धेरैले नहेरेको आफूलाई थाहा भएको उल्लेख गर्दै कार्यक्रममा सहभागीहरू भने आफ्नो भनाइको सन्दर्भबारे स्पष्ट रहेको दाबी गरेका छन्।

अन्त्यमा उनले “सबैको जय होस्। नेपालको जय होस्” भन्दै आफ्नो प्रतिक्रिया टुंग्याएका छन्।

के थियो विवादको विषय ?

ढकालले आइतबार एक कार्यक्रममा ‘सिंहदरबार’को नाम परिवर्तन हुनुपर्ने आशयको अभिव्यक्ति दिएपछि उक्त धारणा सार्वजनिक बहस र आलोचनाको विषय बनेको थियो। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइको पृष्ठभूमि र आशय स्पष्ट पार्दै विगतका परिवर्तनका क्रममा विभिन्न स्थानको नाम परिवर्तन हुँदा सिंहदरबारको पनि अर्को नाम राखिएको भए हुने भन्ने सन्दर्भमा आफूले बोलेको बताएका हुन्।

तर, स्पष्टीकरणका क्रममा समेत उनले सिंहलाई ‘हिंस्रक’, ‘घमण्ड’ र ‘शासक’को प्रतीकका रूपमा व्याख्या गर्दै नामसम्बन्धी आफ्नो मूल तर्कमा अडिग रहेको बताएका छन्।

0 Comments