काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा ठुला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग कर तथा राजस्वसम्बन्धी विषयमा छलफल सुरु भएको छ।
अर्थ मन्त्रालयको समन्वयमा आयोजित छलफलमा २० वटा ठुला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरू सहभागी छन्। बैठकमा निजी क्षेत्रका ठुला करदातासँग सम्बन्धित विषयमा विचार-विमर्श भइरहेको छ।






