२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलपी ग्यासको अभाव छैन, अस्वाभाविक मागले बजारमा दबाब

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा खाना पकाउने एलपी ग्यासको अभाव भएको चर्चा बढे पनि नेपाल आयल निगमको तथ्यांकले आपूर्ति नियमित रहेको देखाएको छ । निगमका अनुसार पछिल्लो समय ग्यासको माग सामान्य अवस्थाको तुलनामा तीव्र बढ्दा बजारमा दबाब सिर्जना भएको हो ।

धनगढीस्थित निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन २४ गतेसम्म प्रदेशमा १ लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको छ । कार्यालय प्रमुख मनोहर डिसीका अनुसार अघिल्ला दुई आर्थिक वर्षको साउन महिनाको समग्र बिक्रीसँग तुलना गर्दा यसपटक पहिलो २४ दिनमै बिक्रीको मात्रा बढी पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा १ लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएको थियो भने त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा ९९ हजार ८४० सिलिण्डर बिक्री भएको निगमको विवरण छ । यस आधारमा चालु साउनको २४ दिनमै अघिल्लो वर्षको पूरै साउनभन्दा ३ हजार २२० सिलिण्डर बढी बिक्री भइसकेको हो ।

निगमका अनुसार साउन महिनाको बाँकी अवधिका लागि थप करिब ५० हजार सिलिण्डर प्रदेशमा आउने क्रममा छन् । चालु साउन २४ गतेसम्म बिक्री भएको ग्यासको परिमाण १ हजार ६५७ मेट्रिक टन पुगेको छ । गत आर्थिक वर्षको साउन महिनाभर १ हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो । अर्थात् गत वर्षको पूरै साउनको तुलनामा यसपटक २४ दिनमै २४१ मेट्रिक टन बढी बिक्री भएको देखिन्छ ।

तर, उपलब्ध तथ्यांकमा उल्लेख भएको गणनाअनुसार यसलाई ४६ मेट्रिक टन बढी भनिएको छ, जुन कुल परिमाणका आधारमा मेल खाँदैन । निगमको सिलिण्डर तथा मेट्रिक टनसम्बन्धी विवरणमा देखिएको यो अन्तरले तथ्यांकको पुनः प्रमाणीकरण आवश्यक देखिन्छ ।

प्रदेशमा ग्यासको वार्षिक बिक्रीसमेत हरेक वर्ष समान रहेको छैन । आर्थिक वर्ष २०८१/८२ मा ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने बिक्री ११ लाख ५० हजार ८३४ सिलिण्डर अर्थात् १६ हजार ४४० मेट्रिक टनमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्ष सिलिण्डर बिक्री करिब २ दशमलव ५ प्रतिशतले घटेको देखिन्छ ।

मासिक विवरणले पनि मागमा उल्लेख्य उतारचढाव रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा साउनमा १ लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएकामा भदौमा यो संख्या ८८ हजार ३१० मा झरेको थियो । त्यसपछि असोजमा ९२ हजार ५४०, कात्तिकमा ९६ हजार ११०, मंसिरमा १ लाख १ हजार २९० र पुसमा ८३ हजार ५८० सिलिण्डर बिक्री भएको थियो ।

त्यसै वर्ष माघमा १ लाख २ हजार ४१०, फागुनमा ९५ हजार ८३०, चैतमा ८० हजार ७८०, वैशाखमा १ लाख २ हजार ६०, जेठमा १ लाख ९ हजार ८३० तथा असारमा १ लाख १५ हजार ५०० सिलिण्डर बिक्री भएको निगमको अभिलेख छ ।

आर्थिक वर्ष २०८२/८३ मा भदौमा १ लाख ८ हजार ९९०, असोजमा १ लाख ८ हजार २२०, कात्तिकमा १ लाख १७०, मंसिरमा ९९ हजार ४००, पुसमा १ लाख ४ हजार ५८०, माघमा १ लाख ९४० र फागुनमा १ लाख २ हजार ६९० सिलिण्डर बिक्री भएको थियो । चैतमा ७७ हजार २१०, वैशाखमा ६६ हजार ७१०, जेठमा ७९ हजार १७० र असारमा १ लाख २ हजार ९१५ सिलिण्डर बिक्री भएको तथ्यांकमा उल्लेख छ ।

दुई आर्थिक वर्षका समान महिनाको तुलना गर्दा पछिल्लो आर्थिक वर्षको भदौमा २० हजार ६८०, असोजमा १५ हजार ६८०, कात्तिकमा ४ हजार ६० र पुसमा २१ हजार सिलिण्डर बढी बिक्री भएको थियो । फागुनमा पनि अघिल्लो वर्षको तुलनामा ६ हजार ८६० सिलिण्डर बढी बिक्री भएको थियो ।

यसको विपरीत वैशाखमा ३५ हजार ३५०, जेठमा ३० हजार ६६० तथा असारमा १२ हजार ५८५ सिलिण्डर कम बिक्री भएको निगमको विवरणले देखाउँछ । यसबाट प्रदेशको एलपी ग्यास खपत स्थिर नभई महिनाअनुसार उल्लेख्य रूपमा परिवर्तन हुने गरेको देखिन्छ ।

चालु साउनमा भने माग पुनः तीव्र भएको छ । साउन २४ गतेसम्म बिक्री भएका १ लाख १५ हजार ९९० सिलिण्डरमध्ये ७२ हजार ९४० रेडियन्ट (रोयल) र ४३ हजार ५० सैपाल ग्यासका सिलिण्डर रहेको निगमले जनाएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा सोमबार धनगढीमा गरिएको बजार अनुगमनका क्रममा पनि ग्यासको नियमित आपूर्ति भइरहेको पाइएको छ । अनुगमनमा केही डिलरमा पर्याप्त मौज्दात रहे पनि केही स्थानमा उपभोक्ताको माग अस्वाभाविक रूपमा बढेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

उनका अनुसार ग्यास अभावसम्बन्धी हल्लाका कारण उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिण्डर सुरक्षित राख्न थालेपछि बजारमा मागको दबाब बढेको हुनसक्छ । आपूर्ति पर्याप्त रहेकाले अनावश्यक रूपमा अतिरिक्त सिलिण्डर सञ्चय नगर्न उनले आग्रह गरेका छन् ।

निगमका प्रादेशिक कार्यालय प्रमुख डिसीले पनि विगतका वर्षको माग र अहिले भइरहेको आपूर्तिको तुलनात्मक विश्लेषण गर्दा प्रदेशमा आपूर्ति संकट नरहेको दाबी गरेका छन् । उनका अनुसार हाल अघिल्ला वर्षको तुलनामा बढी ग्यास आपूर्ति भइरहेकाले अभावभन्दा पनि हल्लाका कारण उपभोक्ताको माग एकाएक बढेको हुनसक्ने देखिएको छ ।

0 Comments