२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्व परिवर्तनपछि सन्दीपको सन्देश : रोहितको योगदानप्रति उच्च सम्मान

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय कप्तानीको जिम्मेवारी पाएपछि सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्व र योगदानको प्रशंसा गरेका छन् ।

कप्तानी सम्हालेपछि सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो धारणा सार्वजनिक गर्दै सन्दीपले रोहितलाई टोलीको नेतृत्वमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका हुन् । उनले कठिन तथा विभिन्न परिस्थितिमा टोलीलाई दिएको नेतृत्व, प्रतिबद्धता र उपस्थितिको प्रशंसा गरेका छन् ।

सन्दीपले रोहितको योगदानलाई टोली र देशले आगामी दिनमा पनि उपयोग गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय टोलीका लागि रोहितबाट अझै महत्वपूर्ण योगदान आउन बाँकी रहेको उनको भनाइ छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक दिवसीय टोलीको कप्तानबाट रोहितलाई हटाउँदै सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो । यसअघि नै रोहितबाट टी-२० टोलीको कप्तानीसमेत फिर्ता लिइएको थियो ।

कप्तानीको जिम्मेवारीबाट बाहिरिएसँगै रोहित अब राष्ट्रिय टोलीमा प्रमुख ब्याट्सम्यानको भूमिकामा रहनेछन् । नेतृत्व परिवर्तन भए पनि टोलीका लागि उनको खेलाडीका रूपमा निरन्तरता रहने भएको छ ।

0 Comments