२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुससहित पक्राउ परेका नासु दोषी ठहर

अ+ अ-

काठमाडौँ । विशेष अदालत काठमाडौँले मालपोत कार्यालय, रुपन्देहीमा नायब सुब्बाका रूपमा कार्यरत ओमबहादुर खाम्चालाई २ लाख रुपैयाँ घुस लिएको कसुरमा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले गरेको संक्षिप्त फैसलाअनुसार खाम्चाले सेवाग्राही ओमप्रकाश ढोडीकासँग जग्गासम्बन्धी काम गरिदिने प्रयोजनका लागि घुस मागेको पुष्टि भएको हो।

फैसलामा उल्लेख भएअनुसार सेवाग्राही ओमप्रकाश ढोडीकाले आफ्ना बुवा रोगी ढोडी र आमा केवल्ली ढोडिनीको निधनपछि आफूहरू नि:सन्तान रहेको तथा उनीहरूको हेरचाह र काजक्रिया आफूले गरेको आधारमा जग्गा आफ्नो नाममा नामसारी गर्न पाऊँ भन्दै सम्बन्धित वडाको सिफारिससहित निवेदन दिएका थिए।

उक्त विषयमा सर्जमिन मुचुल्कासमेत तयार भएपछि खाम्चाले नामसारीको काम गरिदिने भन्दै ओमप्रकाशसँग २ लाख रुपैयाँ मागेको फैसलामा उल्लेख छ। अनुसन्धानका क्रममा उक्त रकम घुसबापत मागिएको पुष्टि हुने प्रमाणहरू प्राप्त भएको अदालतको निष्कर्ष छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उजुरीका आधारमा प्राप्त रकमसहितको अनुसन्धानका क्रममा खाम्चालाई रकम लिएको अवस्थामा पक्राउ गरिएको उल्लेख छ। फैसलाअनुसार २०८३ वैशाख ४ गते निर्मला होटेलबाट रकम बरामद भएको थियो।

घुस रकम मागेको विषयमा खाम्चा र सेवाग्राहीबीच मोबाइल फोनमार्फत पटक-पटक संवाद भएको तथा त्यससम्बन्धी स्क्रिनसटसहितका प्रमाण मिसिलमा संलग्न रहेको अदालतले जनाएको छ। अनुसन्धानका क्रममा खाम्चाले दिएको बयान, अदालतसमक्ष गरेको बयान तथा बरामदी मुचुल्कालगायत प्रमाणको आधारमा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको ठहर गरिएको हो।

विशेष अदालतले उपलब्ध प्रमाण तथा घटनाक्रमको मुल्यांकनपछि खाम्चालाई उक्त कसुरमा दोषी ठहर गरेको हो।

0 Comments