२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छ’ : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका छन्। 

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन्। 

राष्ट्रपति पौडेलले भने, “युवा भोलिको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । यो कुरा तपाईँहरूले व्यवहारबाटै प्रमाणित गरिसक्नुभएको छ । हामीले युवालाई ‘देशको भविष्य’ भनेर मात्रै पुग्दैन । आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ भन्ने म ठान्दछु ।  नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ । तर त्योभन्दा महत्त्वपूर्ण कुरा–प्रश्न गर्ने साहस छ ।”

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिएको बताए । उनले भने, “अर्थतन्त्रलाई नयाँ विचार दिने युवा, विज्ञानलाई जिज्ञासु युवा चाहिने स्पष्ट पार्नुभयो । समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिन्छ ।”

राष्ट्रपति पौडेलले प्रविधि प्रयोग गर्न तर विवेकलाई प्रविधिको जिम्मा नछोड्न  युवालाई आग्रह गरे । उनले भने, “विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस् । देशलाई तपाईँहरूको प्रतिभा मात्र होइन, तपाईँहरूको इमान्दारी पनि चाहिएको छ ।”

देशका गाउँ, सहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौँ नेपाली युवा चुपचाप काम गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने,“आज यहाँ ४० मुनिका ४० मा छनोट नभएका ती सम्पूर्ण युवाको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले यस्ता पारदर्शी, समावेशी र विविधताको मर्मअनुरूपका छनोट विधिले अवसर नपाएका, मूल प्रवाहको नजर नपुगेका र सीमित स्रोतबीच उल्लेखनीय काम गरिरहेका युवासम्म दृष्टि पुर्‍याउनेछ नै । यस प्रक्रियामा सहभागी निर्णायक मण्डल तथा सम्पूर्ण टोलीलाई पनि धन्यवाद दिन चाहन्छु ।”

राष्ट्रपति पौडेलले पछिल्ला वर्षमा नेपालको सामाजिक र राजनीतिक बहसमा युवापुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको भन्दै यो उपस्थितिलाई पुस्तान्तरणका रूपमा मात्रै नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्ने बताउनुभयो । राष्ट्रको भविष्य कुनै एउटा भाषण, एउटा योजना वा एउटा पुस्ताले मात्र नबनाउने उल्लेख गर्दै उनले भने, “हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ । अब तपाईँहरूको पालो छ । एउटै आग्रह-आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मेहनत गरौँ ।”

नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको बताउँदै राष्ट्रपति पौडेलले भने, “यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्ने गर्छ । असहमति लोकतन्त्रको कमजोरी होइन, जिम्मेवार असहमति लोकतन्त्रको शक्ति हो । यही शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो लक्ष्यमा पुर्‍याउँछ भन्ने मेरो बुझाइ छ ।”

0 Comments