२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ । यही साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट १४ दशमलव दुई केजीका ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको हो ।

नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार भेरी ग्यासका मात्र २७ हजार ६२६ सिलिन्डर वितरण भएका छन् ।

त्यस्तै, नेपाल ग्यास कर्णालीका पाँच हजार ७८, सैपालका चार हजार ४६५, राप्तीका दुई हजार ८००, रेडियन्सका दुई हजार ७३० र मनकामना ग्यास कम्पनीका एक हजार ८०२ सिलिन्डर बिक्री तथा वितरण भएको उनले जानकारी दिए ।

प्रमुख घिमिरेका अनुसार साउन मसान्तसम्म सुर्खेतमा थप पाँच हजार ग्यास सिलिन्डर आवश्यक पर्ने देखिएको छ । “यो महिनामा करिब ५० हजार ग्यास सिलिन्डर वितरण हुने देखिएको छ । यो अहिलेसम्मकै उच्च खपत हो,” उनले भने ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घ रोगी तथा समस्यामा परेका व्यक्तिका लागि प्रत्येक डिलरबाट १० प्रतिशत ग्यास सिलिन्डर छुट्याएर उपलब्ध गराउने व्यवस्था गरेको निगम कार्यालय सुर्खेतले जनाएको छ ।

0 Comments