काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
सभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् ।

गत वर्षको भदौ महिनामा भएको ‘जेन जेड’ आन्दोलनका क्रममा आफू र धर्मपत्नी डा. आरजु राणा देउवामाथि आक्रमण भएपछि उनीहरु उपचारका सिलसिलामा विदेश गएका थिए ।






