२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारका कर्मचारीलाई लक्षित गर्दै सहुलियत खाद्य बिक्री कक्ष सञ्चालन, १४२ प्रकारका दैनिक उपभोग्य वस्तु उपलब्ध

अ+ अ-

काठमाडौँ । कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले सिंहदरबार परिसरमा कर्मचारी लक्षित सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार बिक्री कक्षको उद्घाटन गर्दै सिंहदरबारमा कार्यरत कर्मचारी तथा सरकारी कामका लागि आउने सेवाग्राहीले यसबाट प्रत्यक्ष सुविधा पाउने बताइन्। विशेष गरी कार्यालयबाट बाहिरिएपछि अन्यत्र गएर खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता कम हुने र कर्मचारीको समय बचत हुने उनको भनाइ छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा उक्त बिक्री कक्ष सुरु गरेको हो। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कर्मचारी तथा सेवाग्राहीबाट कार्यालय समयपछिको खरिद सहज बनाउन बिक्री केन्द्र आवश्यक रहेको माग आएपछि मन्त्री र सचिवको निर्देशनमा सेवा सुरु गरिएको जानकारी दिए।

बिक्री कक्षमा दैनिक उपभोगका १४२ प्रकारका खाद्य सामग्री उपलब्ध छन्। नजिकै डीडीसीको बिक्री केन्द्रसमेत रहेकाले कर्मचारीलाई आवश्यक खाद्य सामग्री एउटै क्षेत्रमा खरिद गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीले हाल देशभर १९३ स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको जनाएको छ। उपलब्ध विभिन्न खाद्यान्नमा प्रतिकिलोग्राम पाँच रुपैयाँ छुटको व्यवस्था गरिएको लम्सालले बताए। कर्णालीका सबै जिल्ला तथा स्थानीय तहमा समेत सम्झौताका आधारमा बिक्री केन्द्र सञ्चालनमा रहेको उनले जानकारी दिए।

मन्त्री यादवले सिंहदरबारभित्रको सेवाबाट कर्मचारीले मात्र नभई विभिन्न सरकारी कामका लागि आउने सेवाग्राहीले पनि लाभ लिन सक्ने बताइन्। यस्ता बिक्री कक्षको संख्या आगामी दिनमा बढाउने तथा निजी क्षेत्रका ठूला सुपरमार्केटमा समेत सरकारी बिक्री स्टल राख्ने विषयमा गृहकार्य भइरहेको उनको भनाइ छ।

कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गरी उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको जनाएको छ। कोरोना महामारीका समयमा सुरु गरिएको घरमै सामान पुर्‍याउने सेवा विशेष अवस्थामा अझै उपलब्ध रहे पनि उपभोक्ताले बिक्री केन्द्रमै पुगेर आफूलाई आवश्यक सामग्री छनोट गरी खरिद गर्न बढी रुचि देखाएको कम्पनीले जनाएको छ।

कर्मचारी तथा सेवाग्राहीको दैनिक उपभोगसँग जोडिएको आवश्यकता सम्बोधन गर्ने गरी सुरु गरिएको यो सेवाबाट सिंहदरबारभित्रै सहज र तुलनात्मक रूपमा सहुलियत मूल्यमा खाद्य सामग्री उपलब्ध हुने अपेक्षा गरिएको छ।

0 Comments