२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाब मागेको भन्दै सांसद चन्दको प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।

सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाइन्।

सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो अवस्था र केदारनाथ पराजुली दम्पतीको आत्मदह (जलसमाधि) जस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले आफ्नो असक्षमता लुकाउन विगतका सरकारहरूलाई दोष दिएर उम्किन नमिल्ने तर्क गरिन् । ‘नयाँ’ र ‘जान्ने’ भनिएका राजनीतिक शक्तिहरू लक्षित गर्दै उनले ‘सिक्दै छौँ’ भन्ने बहाना नबनाउन चेतावनी दिइन् । उनले जनतालाई आधार सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताको आधारमा ३५ वर्षको हिसाब मागेको ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘१०० दिनमा युवाहरूलाई स्वदेश फर्काउने र रोजगारी दिने भनिएको थियो, तर परिणाम शून्य छ । दरबार हत्याकाण्डदेखि निर्मला पन्त प्रकरणसम्मका मुद्दाहरू चुट्कीको भरमा समाधान गर्छौँ भन्नेहरूले अहिले के गरिरहेका छन् ? जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ । तपाईँहरूको असक्षमताको भारी हामी बोक्दैनौँ । जान्नेलाई छान्ने नारा दिएर आएकाहरूले अहिले प्रविधिको ज्ञान र जादुमयी क्षमता भएको दाबी गर्ने तर काम गर्ने बेला सिक्दै छौँ भनेर उम्किन मिल्दैन । नयाँ हुनु तपाईँको तागत हो कि कमजोरी ? नयाँ भएको ? हामी धेरै दिन यस्तो छुट दिन सक्दैनौँ । ताजुक छ, अरे जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाब माग्छ यही ताजुकको कुरा भइसकेको छ ।’

उनले ग्यास जस्ता आधारभूत आवश्यकता समेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारले नैतिकताको आधार गुमाउँदै गएको टिप्पणी गरिन। जनताका प्रश्नहरूबाट विचलित नहुन आग्रह गर्दै उनले सरकारलाई जिम्मेवार बन्न सचेत गराइन् ।

0 Comments