२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनको विकासलाई आर्थिक समृद्धिसँग जोड्न सभामुख अर्यालको आग्रह

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको योगदानलाई थप प्रभावकारी बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताएका छन्।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभामुख अर्यालले पर्यटनलाई विदेशी मुद्रा भित्र्याउने महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा अघि बढाउन सम्बन्धित निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

उनले पर्यटन उद्योगको विस्तारमा देखिएका नीतिगत तथा संरचनागत अवरोध पहिचान गरी समाधान गर्न सरकारको प्राथमिकता आवश्यक रहेको बताए। पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाहरूले पनि क्षेत्रको दिगो विकास र प्रवर्द्धनमा आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

सभामुख अर्यालले पर्यटनसँग प्रत्यक्ष रूपमा सम्बन्धित सरकारी तथा संस्थागत संरचनाको कार्यसम्पादनलाई पनि यस क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताए। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विस्तार तथा आर्थिक योगदान बढाउने दिशामा जिम्मेवार ढंगले काम गर्नुपर्ने उनको भनाइ छ।

पर्यटन उद्योगको विकासबाट रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न सकिने भएकाले यसको सम्भावनालाई संस्थागत रूपमा उपयोग गर्नुपर्नेमा सभामुख अर्यालले जोड दिएका छन्।

उनले पर्यटन क्षेत्रको नीतिगत सुधार, पूर्वाधार विकास र व्यावसायिक क्षेत्रको सक्रिय सहभागितामार्फत मुलुकको आर्थिक उन्नतिमा यस क्षेत्रको योगदान अझ विस्तार गर्न सकिने बताए।

0 Comments