२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिरअघि काँग्रेस महाधिवेशन गर्नुपर्ने विश्वप्रकाशको जोड, गगनलाई ७१ प्रतिशत मत दिलाउने दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने धारणा राख्दै सभापतिका लागि गगन थापालाई स्पष्ट बहुमतसहित निर्वाचित गराउने दाबी गरेका छन्।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै शर्माले पार्टीभित्रका असहज परिस्थिति र मतभेदका बाबजुद महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले निर्धारित समय सीमाभित्रै महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी गम्भीर हुनुपर्ने धारणा राखेका छन्।

शर्माले यसपटक सभापति निर्वाचनमा थापालाई ७१ प्रतिशत मत प्राप्त हुने गरी समर्थन जुटाउने दाबी गरेका हुन्। यसअघि आवश्यक बहुमतको चर्चाभन्दा अघि बढेर अझ ठूलो जनमतसहित थापालाई नेतृत्वमा पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ थियो।

बैठकमा शर्माले पार्टीभित्र असन्तुष्ट समूहबाट भइरहेका भेला र गतिविधिप्रति पनि टिप्पणी गरेका थिए। उनले ती गतिविधि संगठनात्मक बहस र समाधान खोज्ने प्रक्रियाभन्दा आलोचना केन्द्रित कार्यक्रममा परिणत हुन नहुने धारणा राखे।

उनले यसअघिका अवसरमा पनि पार्टीको संस्थापन पक्षमाथि विभिन्न टिप्पणी हुँदै आएको उल्लेख गर्दै अहिले भइरहेका भेला त्यही प्रकृतिको निरन्तरता बन्ने अवस्था आए त्यसले संगठनलाई बलियो बनाउन सहयोग नगर्ने बताए।

काँग्रेसको आन्तरिक नेतृत्व र महाधिवेशनको विषयमा पार्टीभित्र मतभिन्नता देखिइरहेका बेला शर्माले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

0 Comments