२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ऐन-नियम तर्जुमा गर्दा निजी क्षेत्रलाई केवल ‘साक्षी’ मात्र नबनाई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । 

शुक्रवार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नीतिगत सुधार र पूर्वाधार विकासका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष श्रेष्ठले पर्यटन ऐन र कम्पनी ऐन जस्ता महत्वपूर्ण कानुनहरू निर्माण गर्दा निजी क्षेत्रलाई पर्याप्त समय नदिई हतारमा सुझाव मागिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

कुनैपनि ऐन ल्याउनुअघि कम्तीमा एक महिनाको समय दिएर देशव्यापी छलफल गर्ने वातावरण बनाउन उहाँले सरकारलाई आग्रह गरे । पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको मुख्य आधार मानिए पनि यसको वास्तविक लाभ र स्थानीय उत्पादनको योगदानबारे गम्भीर समीक्षा हुनुपर्नेमा उनले जोड दिए । १० लाख पर्यटकको मानसिकताबाट माथि उठेर वार्षिक २० लाखभन्दा बढी पर्यटक भित्र्याउन पूर्वाधार र हवाई कनेक्टिभिटी मुख्य चुनौती रहेको उनको तर्क छ । यसै सन्दर्भमा उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुधारका लागि रणनीतिक साझेदार भित्र्याउन वा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिइन् । 

अध्यक्ष श्रेष्ठले भने, ‘मन्त्रालयहरूले एक हप्ताभित्र सुझाव दिन दबाब दिने गरेका छन्, जसले गर्दा विस्तृत छलफल हुन पाउँदैन । देशको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान पुर्‍याउन निजी क्षेत्रको आवाजलाई औपचारिकतामा मात्र सीमित राख्नु गलत हो ।

पूर्वाधार बनिसकेपछि मात्र बजार खोज्ने परिपाटीले समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय विमानस्थलहरूको व्यावसायिक सञ्चालनका लागि निजी क्षेत्र पनि सरकारसँग सहकार्य गर्न तयार छ । बजेटमा घोषणा गरिएका विद्युत् महसुल छुट जस्ता सुविधाहरू कार्यान्वयन नहुँदा सरकार र राज्यका निकायप्रतिको विश्वसनीयता घट्दै गएको छ ।’

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रसङ्गमा बोल्दै अध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माण हुनुअघि नै बजार प्रवर्द्धन (मार्केटिङ) सुरु गर्नुपर्नेमा राज्य चुकेको टिप्पणी गरे । 

हवाई सेवामा लगाइएको भ्याटका कारण पर्यटन क्षेत्रमा समस्या परेको उल्लेख गर्दै उनले औद्योगिक व्यवसाय ऐनले दिएका सुविधाहरू कार्यान्वयन नहुनु दु:खद् भएको बताए । अध्यक्ष श्रेष्ठले अबको युग डिजिटल प्रविधिको भएको चर्चा गर्दै पर्यटन प्रवर्द्धनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल मार्केटिङलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

0 Comments