२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ संसद् भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम (तस्बिरसहित)

अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरस्थित नयाँ संसद् भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सुरु गरिएको छ । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । 

वृक्षारोपण कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको विशिष्ट उपस्थिति रहेको थियो । सो अवसरमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सांसदहरू र संसद् सचिवालयका कर्मचारीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए । 

वृक्षारोपण कार्यक्रमपछि बोल्दै सभामुख डोलप्रसाद अर्यालले बिरुवाहरूको दिगो संरक्षणका लागि सांसदहरू आफैँ जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनका अनुसार परिसरमा कपुर, लिची, जापानी साकुरा (पयूँ), आँप, बुद्धचित्त, एभोकाडो र रुद्राक्ष लगायतका विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको छ । उनले सांसदहरुलाई आफूले रोपेको बिरुवाको महिनामा कम्तीमा एक पटक अवलोकन गर्न, पानी हाल्न र गोडमेल गर्न आग्रह गरे ।

उनले भने, ‘आफूले रोपेको बिरुवा आफैँले चिन्नुपर्छ र त्यसको स्याहार गर्नुपर्छ । विशेष गरी फलफूलका बिरुवाहरू फलेपछि त्यसको लाभ सबैले बाँडेर लिनुपर्छ भन्ने मेरो अनुरोध छ ।’

अर्यालले प्रकृतिलाई सुन्दर बनाउन र चराचुरुङ्गीका लागि अनुकूल वातावरण सिर्जना गर्न यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । संसद् परिसरमा बढ्ने हरियालीले सांसदहरूलाई मानसिक शान्ति र ध्यान (मेडिटेसन) का लागिसमेत सहयोग पुग्ने उनको भनाइ छ । हिउँदको सुक्खा समयमा बिरुवा हुर्काउन कठिन हुने भएकाले उपयुक्त समयमै वृक्षारोपण गरिएको उनले स्पष्ट पारे । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद् भवनभित्रै आएर प्रत्यक्ष रूपमा बिरुवा रोप्न पाउनु सकारात्मक पक्ष भएको बताए । अन्य समयमा नीतिगत र कागजी कार्यमा मात्र केन्द्रित हुने स्थानमा यस पटक प्रयोगात्मक कार्य गरिएकोमा उनले खुसी व्यक्त गरे । काठमाडौँको बढ्दो गर्मी र वातावरणीय चुनौतीलाई मध्यनजर गर्दै हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अनिवार्य रहेको उनको भनाइ छ । 

उनले भने, ‘हामीले फलफूलका बिरुवा रोपेका छौँ, जसले भविष्यमा वातावरणीय सन्तुलन कायम गर्नुका साथै फल समेत दिनेछन् । हामीले लगाएको लुगादेखि हिँड्ने बाटो र बस्ने भवनसम्म सबै श्रमको उपज हुन्, त्यसैले श्रम नै सर्वोपरि हो ।’

नेपालमा श्रम गर्ने व्यक्तिलाई हेपिने संस्कारको अन्त्य हुनुपर्ने र राजनीतिक नेतृत्वले गफभन्दा काममा बढी ध्यान दिनुपर्ने उनको तर्क छ । शिक्षा प्रणालीलाई श्रमसँग जोड्नुपर्ने आफ्नो विशेष अवधारणा रहेको उल्लेख गर्दै अध्यक्ष राईले हप्तामा तीन दिन सैद्धान्तिक र चार दिन प्रयोगात्मक शिक्षा दिनुपर्ने प्रस्ताव गरे ।

0 Comments