काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ स्थित विजेश्वरीबाट जुवा खेलिरहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले साउन २८ गते दिउँसो ३:३० बजे एक घरको डेरा कोठामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त कोठाबाट ६ बुक तास, नेपाली रुपैयाँ एक लाख ७१ हजार ११५ र भारतीय रुपैयाँ १४ हजार २०० बरामद गरिएको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ नयाँ बजारका २७ वर्षीय प्रदीप थापा मगर, वनस्थलीका ३२ वर्षीय सुमेश प्रजापति, नुवाकोटको तारकेश्वर गाउँपालिका-६ का ४० वर्षीय कृष्णबहादुर तामाङ र ललितपुरको इमाडोलका ३६ वर्षीय रिसब सुवाल छन्।
उनीहरूविरुद्ध जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






