३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

अ+ अ-

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउका लागि बहिरङ्ग (ओपिडी) टिकट काउन्टर थप गरेको छ ।

प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा टिकट काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो ।

यसअघि प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवाका लागि दुई वटा ओपिडी टिकट काउन्टर सञ्चालनमा थिए । सातामा दुई दिन बिदा हुँदा अरु दिन सेवाग्राहीको सङ्ख्या बढेसँगै अव्यवस्ति घुइँचो, लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यतालगायत अवस्थालाई मध्यनजर गर्दै काउन्टर थप गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए।

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न एउटा काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बन्ने उहाँले विश्वास व्यक्त गरे। उनका अनुसार प्रतिष्ठानमा पछिल्लो समययता उपचारका लागि आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. सुरेश रसाइलीले स्वास्थ्य बिमामार्फत सेवा लिने सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपिडी टिकट काउन्टर थप गरिएको जानकारी दिए । “बिमामार्फत उपचार गर्न आउने सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले काउन्टर थप गरेका हौँ”, उनले भने, “सेवाग्राहीको चाप र आवश्यकता अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रयास छ ।”

प्रतिष्ठानले स्वास्थ्य बिमा सेवामात्र नभई समग्र ओपिडी सेवामा आउने बिरामीको चापलाई व्यवस्थापन गर्न सेवा प्रवाहलाई क्रमश: सुधार गर्दै आएको जनाएको छ । टिकट वितरणदेखि चिकित्सकीय परामर्श तथा अन्य आवश्यक सेवासम्म सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण तथा सुधार गर्न प्रतिष्ठानले व्यवस्थापकीय पहल थालेको सहप्राध्यापकसमेत रहेका डा. रसाइलीले बताए ।

प्रतिष्ठानका अनुसार आगामी दिनमा बिरामीको चाप, सेवाग्राहीको आवश्यकता र सेवा प्रवाहको अवस्थालाई मूल्यांकन गर्दै आवश्यकताअनुसार सेवा थपिनुका साथै समयसापेक्ष व्यवस्थापन गर्दै जाने उनले प्रतिबद्धता जनाए।

0 Comments