काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि बैतडीमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ।
बैतडीकी प्रमुख जिल्ला अधिकारी मिना अर्यालका अनुसार सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरले मन्त्री लम्साललाई धनगढी ल्याएको हो। उनलाई धनगढीबाट काठमाडौँ ल्याउने तयारी छ।
मन्त्री लम्साल शनिबार अबेर साँझ दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। उनको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्था निरीक्षणमा रहेको थियो।
दार्चुलाको निरीक्षणपछि बैतडीका विभिन्न क्षेत्र हुँदै बझाङ जाने कार्यक्रम तय भएकोमा स्वास्थ्य समस्या देखिएपछि भ्रमण प्रभावित भएको छ।






