३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइमा अटो शोमा उत्साहजनक सहभागिता: १ लाख ६५ हजार बढी दर्शकले गरे अवलोकन 

अ+ अ-

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताएकी छन्।

मेलाको अन्तिम दिन आइतबार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन्। 

अध्यक्ष वैद्यका अनुसार अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक त्यो सङ्ख्या १ लाख ७५ हजार पुग्ने अनुमान गरिएको बताइन् । १ लाख ६५ हजार बढीले अवलोकन गरिसकेको बताइन् । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारी साधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । मेलाको उद्देश्य अनुरूप नै पर्याप्त प्रचार–प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । धेरै ग्राहकले विभिन्न स्टलहरूमा बुकिङ गरेका कारण विक्रीको यकिन तथ्यांक केही समयपछि मात्र स्पष्ट हुने उनको भनाइ छ । 

प्रदर्शनी स्थलको अभावका कारण यस पटक व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल) का सबै ब्रान्डहरूलाई समेट्न नसकिएको नाइमाले स्वीकार गरेको छ । यस समस्यालाई सम्बोधन गर्न नाइमाले आगामी दिनमा व्यावसायिक सवारी साधनका लागि छुट्टै ‘एक्स्पो’ आयोजना गर्नेबारे सर्भेक्षण गरी योजना बनाउने जानकारी दिएको छ ।

अध्यक्ष वैद्यले भनिन्, ‘हालसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसक्नुभएको छ । हाम्रो प्रक्षेपण अनुसार यो सङ्ख्या १ लाख ७० देखि ७५ हजारको बीचमा पुग्ने देखिन्छ । गाडी बुकिङको अवस्था अपेक्षाभन्दा निकै राम्रो छ । अहिले नै आधिकारिक तथ्यांक दिन गाह्रो भएपनि आगामी एक-गरिन्डेढ महिनासम्म आयातकर्ता र ब्राण्डहरूका लागि व्यवसाय विस्तार गर्न यसले ठूलो आधार तयार गरेको छ ।’ 

मेलालाई व्यवस्थित बनाउन बैंकिङ, इन्स्योरेन्स, फूड स्टल र सुरक्षाको उचित प्रबन्ध मिलाइएको थियो । अत्यधिक दर्शकको उपस्थितिका कारण पार्किङमा केही चुनौती देखिए पनि समग्र व्यवस्थापन पक्ष मजबुत रहेको अध्यक्ष वैद्यले दाबी गरिन् । ३-एस (सेल्स, स्पेयर्स पाट्र्स र सर्भिस) को अवधारणा अनुरूप सबै वितरकहरूको उपस्थिति र प्रतिनिधित्वले ग्राहकहरूलाई सहजता प्रदान गरेको नाइमाको ठहर छ ।

0 Comments