१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको आरोप

अ+ अ-

दक्षिण लेबनान । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । 

लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पुर्‍याउने स्पष्ट सन्देश दिएको बताएका छन् ।

 लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक दुई तले भवनलाई लक्षित गरी गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शी मोहम्मद फकिहका अनुसार उक्त विस्फोटका कारण घरहरूमा ठूलो क्षति पुगेको छ । त्यसैगरी, नबातिह जिल्लाकै ‘अन्सार’ सहरमा भएको अर्को इजरायली हवाई हमलामा सात जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मारिनेहरूमा तीन बालबालिका र दुई महिला रहेका छन् ।

 स्थानीय बासिन्दा अब्बास खलिलकाअनुसार बिहान सबेरै ४:३० बजे हवाई जहाजको आवाजसँगै ठूलो विस्फोट भएको थियो, जसमा एकै परिवारका सदस्यहरूले ज्यान गुमाएका छन् । नबातिह र आसपासका गाउँहरूमा इजरायलले हवाई हमला र भारी गोलाबारी तिब्र पारेपछि सयौँ स्थानीय बासिन्दाहरू असुरक्षाका कारण दक्षिणी शहर सिदोनतर्फ पलायन भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यो आक्रमण यस्तो समयमा भएको छ जब लेबनान र इजरायलबीच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दीर्घकालीन सुरक्षा सम्झौता र शान्ति प्रक्रियाका लागि छलफल भइरहेको छ । दुवै पक्षले यसै महिनाको सुरुमा इटालीको रोममा सातौँ चरणको वार्ता सम्पन्न गरेका थिए र आगामी सेप्टेम्बरको सुरुमा पुनः वार्तामा बस्ने तयारीमा रहेका थिए । यस घटनाले जारी शान्ति प्रयासमा थप चुनौती थपेको विश्लेषण गरिएको छ ।

0 Comments