२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

अ+ अ-

एजेन्सी । दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मंगलवार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षाकोठामा गोली चलाएको जनाएको छ । घटनामा कक्षा १० का एक विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने विद्यालयले मृतकको सङ्ख्या दुई रहेको जनाएको छ ।

पश्चिमी मिन्डानाओको जाम्बोआंगा सहरस्थित क्याथोलिक निजी संस्था एटिनो डे जाम्बोआंगा विश्वविद्यालयमा घटना भएको हो । पछिल्ला केही महिनामा फिलिपिन्समा भएको यो दोस्रो विद्यालय गोलीकाण्ड भएको प्रहरीले जनाएको छ ।

क्षेत्रीय प्रहरीका अनुसार कक्षा ९ का एक विद्यार्थीले विद्यालय परिसरभित्र पिस्तोल र राइफल ल्याएर कक्षाकोठामा गोली चलाएका थिए । त्यसपछि उनले आफैँलाई गोली हानेको बताइएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले प्रारम्भिक रूपमा जनाएको थियो ।

प्रहरी प्रवक्ता सेल्ला चाङले घटनाको अनुसन्धान जारी रहेको र गोली चलाउनुको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । उनका अनुसार घटनास्थलमा प्रमाण सङ्कलन तथा अन्य अनुसन्धान भइरहेको छ । घटनामा कति जना घाइते भए भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

स्थानीय सञ्चारमाध्यमले फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको भिडियोमा बन्दुक बोकेको व्यक्तिले प्रथम–व्यक्ति शैलीको भिडियो गेममा जस्तै बन्दुक कक्षातर्फ सोझ्याउँदै गल्लीबाट अघि बढेको र गोली चलाएको देखिन्छ । त्यसपछि विद्यालय पोसाकमा रहेका विद्यार्थीहरू चिच्याउँदै सुरक्षित स्थानतर्फ भागेका देखिन्छन् । घटनापछि कथित बन्दुकधारीको फेसबुक खाता निष्क्रिय गरिएको छ ।

जाम्बोआङ्गा सहरका मेयर खैमर ओलासोले स्थानीय रेडियोसँग कुरा गर्दै भिडियोमा बन्दुकधारीले सुरुमा टेबलमा बसेका शिक्षकलाई गोली हानेको देखिएको बताउनुभयो । उहाँका अनुसार पहिलो गोली लक्ष्यमा नलागेपछि बन्दुकधारी अर्को कक्षातर्फ गएको र त्यहाँ एक विद्यार्थीलाई गोली हानेको देखिएको थियो । मेयर ओलासोले सुरुमा बन्दुकधारीलाई कक्षा ७ का विद्यार्थीका रूपमा पहिचान गरेका थिए ।

विद्यालयले छुट्टै विज्ञप्तिमार्फत दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्यालयले अभिभावकसँग समन्वय गरी उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा जिम्मा लगाउने व्यवस्था गरिएको र परिसरमा रहेका अन्य विद्यार्थी तथा कर्मचारीको सुरक्षा सुनिश्चित गरिएको जनाएको छ ।

फिलिपिन्समा विद्यालयमा गोली चलाउने घटना तुलनात्मक रूपमा दुर्लभ मानिन्छ । तर गत जुनमा मध्य फिलिपिन्समा भएको गोलीकाण्डमा तीन किशोर विद्यार्थीको मृत्यु भएको थियो भने अन्य २० जना घाइते भएका थिए ।

एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालय पनि गत महिना विद्यालयमा हुने सम्भावित गोलीकाण्डबाट जोगिन सक्रिय बन्दुकधारीसम्बन्धी अभ्यास सञ्चालन गर्ने देशभरका विद्यालयमध्ये एक बनेको थियो । त्यस्तो अभ्यास गरिएको केही समयमै विद्यालय परिसरमा वास्तविक गोलीकाण्ड भएपछि सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठेको छ ।

फिलिपिन्समा कानूनी रूपमा बन्दुक राख्न कडा नियम लागू छ । यद्यपि देशमा बन्दुकको ठूलो अवैध बजार रहेको बताइन्छ, जसका कारण गैर कानुनी रूपमा बन्दुकको पहुँच रोक्नु सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ ।

0 Comments