२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुधार र खर्च नियन्त्रणसँगै नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

अ+ अ-

काठमाडौँ । सेवा विस्तार, डिजिटल प्रणालीमा सुधार र सञ्चालन खर्च व्यवस्थापनको प्रभाव नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वित्तीय परिणाममा देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षको अवधिमा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिको चौथो त्रैमासिकसम्म नेपाल टेलिकमले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षमा खुद नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।

चौथो त्रैमासिक अर्थात् वैशाखदेखि असारसम्म मात्र कम्पनीको करअघिको नाफा ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो त्रैमासमा यस्तो नाफा ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ रहेकोमा अन्तिम त्रैमासमा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँ वृद्धि भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा करअघिको नाफा १ अर्ब २२ करोड ४८ लाख ४ हजार रुपैयाँ थियो।

कम्पनीको वार्षिक करअघिको मुनाफा पनि बढेको छ। आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासिकसम्म यस्तो मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ रहेको करअघिको मुनाफा यस वर्ष ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो।

त्यसैगरी ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यो १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १० दशमलव ७३ प्रतिशत बढी हो।

आम्दानीमा पनि सुधार
नेपाल टेलिकमको कुल सञ्चालन आय आर्थिक वर्ष २०८२/८३ मा ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। यसअनुसार सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३ दशमलव १२ प्रतिशतले बढेको छ।

कम्पनीको कुल आय पनि ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको कुल आय यस वर्ष १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २ दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो। वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको कम्पनीले जनाएको छ।

यता, ब्याजदरमा आएको क्रमिक गिरावटका कारण कम्पनीको ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले कम भएको छ। ब्याज आम्दानीमा कमी आए पनि मुख्य दूरसञ्चार सेवाबाट प्राप्त हुने राजस्व बढेकाले समग्र आम्दानी र मुनाफामा सकारात्मक असर परेको कम्पनीको भनाइ छ।

विशेष गरी जीएसएम सेवाबाट हुने आम्दानीमा वृद्धि भएको छ। समीक्षा अवधिमा जीएसएम सेवाको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको छ। नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय आवाज सेवाको तुलनामा मोबाइल डाटाको प्रयोग बढ्नु र एफटीटीएच सेवाको विस्तारले आम्दानी वृद्धिमा योगदान गरेको छ।

कम्पनीले सञ्चालन खर्च नियन्त्रणलाई पनि वित्तीय सुधारको अर्को आधार मानेको छ। सेवा सञ्चालन तथा मर्मतसम्भारमा हुने खर्च घट्नुका साथै विज्ञापन, प्रायोजनलगायतका गैर आवश्यक खर्च कटौती गरिएको जनाएको छ। मितव्ययिता र पारदर्शितामा जोड दिने सरकारी नीतिअनुसार गरिएको खर्च व्यवस्थापनबाट गत आर्थिक वर्षमा मात्र करिब १० देखि १५ करोड रुपैयाँ बचत भएको कम्पनीको दाबी छ।

सेवा सुधारमा डिजिटल प्रणालीलाई प्राथमिकता
नेपाल टेलिकमको वित्तीय सुधारसँगै ग्राहक सेवा र प्रशासनिक प्रक्रियामा समेत परिवर्तन गरिएको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची तथा सूचना तथा सञ्चार मन्त्रालयको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधार योजनामा टेलिकमका सेवा सुधारका विषय समावेश गरिएका थिए।

यसक्रममा ग्राहकको डाटा प्याकेज समाप्त भएपछि पूर्वजानकारीबिनै ब्यालेन्स कटौती हुने अवस्थालाई अन्त्य गर्दै ‘पे-एज-यू-गो’ प्रणाली कार्यान्वयनमा ल्याइएको छ। यस व्यवस्थाबाट डाटा सकिएपछि शुल्क तिर्ने वा नयाँ प्याकेज खरिद गर्ने विकल्प ग्राहकले रोज्न पाउने व्यवस्था भएको छ।

कम्पनीका विभिन्न सेवामा डिजिटल पहुँच विस्तार गर्ने क्रममा ‘वान टाइम केवाइसी’ लागू गरिएको छ। ई–सिम वितरण, गुनासो दर्ता तथा व्यवस्थापन, हराएको सिम पुन:प्राप्ति र सिमको स्वामित्व हस्तान्तरणजस्ता सेवा अनलाइनबाट उपलब्ध गराइएको छ।

ग्राहकलाई सेवा लिन सहज बनाउने उद्देश्यले टेलिकमका कार्यालयमा एकल बिन्दु सेवा सहायता कक्षसमेत स्थापना गरिएको छ। यसबाट विभिन्न सेवाका लागि अलग-अलग कक्ष धाउनुपर्ने अवस्थालाई कम गर्ने प्रयास गरिएको छ।

मोबाइल डाटाको व्यवस्थापन र डिजिटल सेवा विस्तारसँगै ४जी सेवाको पहुँच तथा गुणस्तर सुधारलाई पनि प्राथमिकता दिइएको छ। ४जी सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने नीतिगत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यसरी सेवा उपयोगमा वृद्धि, मुख्य दूरसञ्चार आम्दानीमा सुधार, सञ्चालन तथा अनावश्यक खर्च नियन्त्रण र सेवा प्रवाहमा गरिएको डिजिटल रूपान्तरणको संयुक्त प्रभावले नेपाल टेलिकमको पछिल्लो वित्तीय परिणाममा सकारात्मक परिवर्तन देखिएको हो।

0 Comments