काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७३-१६६७४/०८२-८३ (खुला तथा समावेशी), न्याय सेवा, न्याय समूह र विज्ञापन नं १६६७५-१६६७७/०८२-८३ (खुला तथा समावेशी), न्याय सेवा, कानुन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७८/०८२-८३ (खुला), न्याय सेवा, सरकारी वकिल समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि आजै प्रकाशन गरिएको छ ।












