३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवालाई प्रदेश सभा सदस्यबाट हटाउने निर्णयप्रति काँग्रेसको असहमति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदबाट हटाइएको घटनाप्रति असन्तुष्टि जनाएको छ।

सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुख भीमबहादुर भण्डारीबाट भएको निर्णयको कानुनी तथा संवैधानिक आधारबारे प्रश्न उठाएका हुन्।

धनगढीमा बुधवार आयोजित कार्यक्रममा बोल्दै शाहले प्रदेश सभा सदस्यको पद रिक्त गराउने निर्णयअघि सम्बन्धित सदस्यको धारणा बुझिनुपर्ने बताएका छन्। उनका अनुसार कुनै व्यक्तिलाई पदबाट हटाउने प्रक्रियामा प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिनु आवश्यक हुन्छ।

शाहले काँग्रेस संवैधानिक र कानुनी प्रक्रियामार्फत विषयलाई स्पष्ट पार्न खुला छलफलका लागि तयार रहेको बताए। उनले यसअघि प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएको प्रसंगमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको घटनालाई समेत उदाहरणका रूपमा प्रस्तुत गरे।

सभामुखले प्रदेश सभामा रहेको दलीय शक्ति सन्तुलनका आधारमा निर्णय गर्न नहुने धारणा राख्दै शाहले पदमुक्तिको प्रक्रियालाई राजनीतिक अंकगणितभन्दा संवैधानिक र कानुनी व्यवस्थासँग जोडेर हेर्नुपर्नेमा जोड दिए।

प्रदेश सभा सचिवालयले तयार पारेको पद रिक्तसम्बन्धी टिप्पणी आदेशलाई सभामुख भण्डारीले स्वीकृत गरेपछि देउवा मंगलवार प्रदेश सभा सदस्यको जिम्मेवारीबाट मुक्त भएका थिए।

सचिवालयका अनुसार देउवा कुनै पूर्वजानकारी नदिई लगातार १० भन्दा बढी प्रदेश सभा बैठकमा अनुपस्थित रहेकाले संवैधानिक व्यवस्था अनुसार उनको पद रिक्त गराइएको हो। यही प्रक्रियालाई लिएर काँग्रेसले भने निर्णयको औचित्य, प्रक्रिया र प्राकृतिक न्यायको पक्षबारे प्रश्न उठाएको छ।

0 Comments