३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातो कफीले यात्रु घाइते भएको मुद्दामा कतार एयरवेजलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति भराउने आदेश (पुर्णपाठ)

तातो कफीले घाइते यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति, कतार एयरवेजलाई अदालतको झट्का

अ+ अ-

काठमाडौँ । विमानभित्र तातो कफी पोखिएर यात्रु घाइते भएको घटनामा काठमाडौँस्थित उपभोक्ता अदालतले कतार एयरवेजलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।

ललितपुरकी ५२ वर्षीया प्रीति थापाले दायर गरेको उपभोक्ता मुद्दामा अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्य गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेल सम्मिलित इजलासले यस्तो निर्णय गरेको हो।

सन् २०२३ जुलाई १० मा कतार एयरवेजको उडान नम्बर क्युआर ७४४ बाट बोस्टन-दोहा हुँदै काठमाडौँ आउने क्रममा थापामाथि अत्यधिक तातो कफी पोखिएको थियो। क्याबिन क्रुले कफी उपलब्ध गराउने क्रममा सावधानी नअपनाउँदा पेट तथा तिघ्राको संवेदनशील भागमा कफी परेर उनलाई दोस्रो तहको जलन भएको दाबी मुद्दामा गरिएको थियो।

घटनापछि तत्काल उपचारका लागि औषधि माग गर्दा विमानमै उपलब्ध नभएको र काठमाडौँ आइपुग्नुअघि करिब तीनदेखि चार घण्टा पीडामै यात्रा गर्नुपरेको थापाको भनाइ थियो। नेपाल आएपछि उनले कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार गराएकी थिइन्।

मुद्दाको सुनुवाइका क्रममा अदालतले अन्तर्राष्ट्रिय हवाई यात्रासम्बन्धी सन् १९९९ को मोन्ट्रियल महासन्धि र नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ लाई कानुनी आधार बनाएको छ। महासन्धिको धारा १७ ले हवाई यात्राका क्रममा भएको दुर्घटनाबाट यात्रुलाई शारीरिक क्षति पुगेमा हवाई सेवा प्रदायकको दायित्वसम्बन्धी व्यवस्था गरेको छ।

कतार एयरवेजले कफी यात्रुकै कारण पोखिएको दाबी गर्दै आफ्नो जिम्मेवारी अस्वीकार गर्न खोजेको थियो। तर अदालतले उक्त प्रतिरक्षालाई मान्यता दिएन। कफी उपलब्ध गराउँदा क्याबिन क्रुले पर्याप्त सतर्कता नअपनाएको र कपको बिर्कोसमेत सुरक्षित नभएको अवस्थालाई दुर्घटनाको कारणका रूपमा अदालतले लिएको छ।

वादी थापाले उपचारमा लागेको खर्च, शारीरिक तथा मानसिक पीडा र आम्दानीमा परेको असरसमेतलाई आधार बनाएर २ लाख अमेरिकी डलर बराबर क्षतिपूर्ति माग गरेकी थिइन्। अदालतले महासन्धिअन्तर्गत निर्धारित स्पेसल ड्रइङ राइट्सको विनिमय दर तथा पीडितको अवस्थालाई समेत मूल्यांकन गरी क्षतिपूर्तिको रकम निर्धारण गरेको हो।

0 Comments