काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६८४-१६६८५/०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, रा.प.द्वितीय श्रेणी र विज्ञापन नं १६६७९-१६६८३/०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको हो ।










