काठमाडौँ । सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भट्टराईलाई सचिवमा बढुवा गरिएको जानकारी दिएका हुन्।
बढुवासँगै भट्टराईलाई बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा पदस्थापन गर्ने निर्णयसमेत भएको छ।
सचिवका रूपमा बढुवा भएका भट्टराईले अब बागमती प्रदेश सरकारको प्रमुख प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।






