४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावबारे इराकी नेताहरू र इरानी संसदका सभामुखबीच छलफल

अ+ अ-

काठमाडौँ । इराकका शीर्ष नेताहरूले बुधवार भ्रमणमा रहेका इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावका विषयमा छलफल गरेका छन् । इराकी प्रधानमन्त्री अली अल–जैदीसँगको भेटमा प्रधानमन्त्री जैदीले इराक र इरानबीचको ऐतिहासिक, भौगोलिक र धार्मिक सम्बन्धको गहिराइलाई विशेष जोड दिए ।

प्रधानमन्त्रीको सञ्चार सचिवालयकाअनुसार उनले विशेषगरी इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको युद्धमा इरानले इराकलाई पुर्‍याएको सहयोगको उच्च प्रशंसा गरेका थिए । यसैबीच, इराकी संसदका सभामुख हैबत अल–हल्बुसीसँग भएको छुट्टै भेटमा दुई देशबीचको संसदीय कूटनीतिलाई सुदृढ गर्ने, मैत्री समितिहरूलाई सक्रिय बनाउने र द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा छलफल भएको इराकी संसदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सो क्रममा सभामुख हल्बुसीले क्षेत्रीय अशान्तिबाट इराक सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक भएको उल्लेख गर्दै इराकको आर्थिक हित रक्षाका लागि हर्मज जलसन्धिमार्फत हुने तेल निर्यातमा इराकलाई विशेष सुविधा प्रदान गर्न आग्रह गरे । त्यस्तै, इराकी राष्ट्रपति निजार अमेदीले क्षेत्रीय संकट समाधान र द्वन्द्व अन्त्यका लागि इराकको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रपतिको कार्यालयकाअनुसार उनले विद्यमान समस्याहरूको समाधान र दिगो सुरक्षा, विकास तथा स्थिरता प्रवर्द्धनका लागि रचनात्मक संवाद र कूटनीतिक माध्यमको आवश्यकतामा जोड दिए । 

भेटका अवसरमा इरानी सभामुख गालिबाफले दुई छिमेकी मुलुकबीचको प्रगाढ ऐतिहासिक सम्बन्धको सराहना गर्दै विभिन्न क्षेत्रमा इराकसँग समन्वय र सहकार्य गर्न इरान सदैव तत्पर रहेको बताए । 

0 Comments