काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेकी छन् ।
त्यस अवसरमा उनीहरुबीच नेपाल–युरोपेली संघ बीचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले राजदूत लरेन्जोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई ज्ञापन गरे ।






