५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुबईबाट पेटभित्र सुन लुकाएर ल्याए, बांङ्लादेशी नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । पेटभित्र सुनजस्तो देखिने धातुका क्याप्सुल लुकाएर ल्याएको आरोपमा एक बांङ्लादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद रासेल हल्दार रहेका छन् । उनी फ्लाई दुबईको एफजेड ११३३ नम्बरको उडानमार्फत गत ३१ साउन बिहान १०:३० बजे दुबईबाट काठमाडौं आएका थिए ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर उनलाई नियन्त्रणमा लिएका थिए ।

सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

त्यसपछि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा पेल्भिक एरियाको एक्स-रे परीक्षण गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु बाहिर ननिस्किएर पेटमै अड्किएको र उनको स्वास्थ्यमा कुनै प्रतिकूल असर नदेखिएको प्रहरीले जनाएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पाँच दिन अस्पतालमा भर्ना गरेर राखिएको थियो । ५ भदौमा शौच गर्ने क्रममा अन्दाजी १५० ग्राम तौल भएको सुनजस्तो देखिने पहेँलो क्याप्सुल आकारका दुई थान धातु फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हल्दारलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

0 Comments