९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा, ११ गते तोकियो पेशी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेको छ।

विशेष महाधिवेशनसँग जोडिएको विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विषय न्यायिक निरूपणको प्रक्रियामा रहेको अवस्थामा महाधिवेशन आयोजना गर्न नहुने जिकिरसहित देउवा पक्षले नयाँ निवेदन दर्ता गराएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी तथा उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार निवेदनमाथि आगामी ११ भदौमा सुनुवाइका लागि पेशी तोकिएको छ। देउवा पक्षको तर्फबाट अधिवक्ता श्रवणकुमार देवले वारेसमार्फत निवेदन दर्ता गराएका हुन्।

काँग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै पार्टीभित्रको उक्त विषय पुनः अदालतमा विचाराधीन बनेको छ। सोही अवस्थालाई आधार बनाउँदै देउवा पक्षले पुनरावलोकन मुद्दाको अन्तिम टुंगो नलागेसम्म १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन रोक लगाउन माग गरेको हो।

0 Comments