काठमाडौँ । लोक सेवा आयोगले मेडिकल अधिकृत पदको उम्मेदवारहरूलाई अन्तर्वार्ता सूचीबाट हटाएको छ।
आयोगको विज्ञापन नम्बर १७३३३-१७३३८/०८२-८३ (खुला तथा समावेशी) अन्तर्गत मेडिकल अधिकृत पदका लागि प्रकाशित लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरू मध्ये तोकिएको मापदण्ड र न्यूनतम योग्यता नपुगेका उम्मेदवारहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार तोकिएका आवश्यक कागजात पेस नगरेको र प्रक्रिया नपुगेका कारण उनीहरूलाई अन्तर्वार्ता प्रक्रियामा सहभागी नगराउने निर्णय गरिएको हो।
हेर्नुहोस् सूचना







