१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बतबाट भोटेकोशीमा अचानक ठूलो बाढी, कारण अझै यकिन भएन

तिब्बततर्फबाट बुधबार बिहान अचानक आएको ठूलो बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशूलीतर्फ बढेको छ। स्थानीय वर्षा मुख्य कारण नदेखिए पनि बाढी कसरी उत्पन्न भयो भन्ने आधिकारिक निष्कर्ष आउन बाँकी छ।

अ+ अ-

काठमाडौँ । तिब्बततर्फबाट बुधबार बिहान अचानक आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूलीतर्फ बढेको छ। बाढी सीमापारिबाट आएको पुष्टि भए पनि यसको वास्तविक कारण भने अझै यकिन भएको छैन।

बाढी पूर्वानुमान महाशाखाले बिहान करिब ९:१५ बजे तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको जानकारी गराउँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। रसुवाको टिमुरे बजार क्षेत्रमा बिहान करिब ९ बजेतिर बाढी प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

धुन्चे क्षेत्रमा राति सामान्य वर्षा भए पनि त्यहाँ परेको पानी यति ठूलो बाढी आउने स्तरको थिएन। प्रारम्भिक रूपमा बाढीको स्रोत सीमापारि रहेको देखिएको छ।

कारणबारे विभिन्न सम्भावना, पुष्टि कुनैको छैन
बाढी पूर्वानुमान महाशाखाका अधिकारीहरूले पनि रसुवामा परेको स्थानीय वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको नदेखिएको बताएका छन्। स्याटेलाइट तस्बिरको प्रारम्भिक अध्ययनमा तिब्बततर्फ ठूलो वर्षा भएको देखिएको विवरण सार्वजनिक भएको छ।

अचानक ठूलो परिमाणमा पानी आएकाले हिमताल विस्फोटन अर्थात् ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) वा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने अनुमान पनि गरिएको छ। तर यीमध्ये कुनै कारण आधिकारिक रूपमा पुष्टि भएको छैन।

त्यसैले बाढीको वैज्ञानिक कारण यकिन नभएसम्म यसलाई तिब्बततर्फबाट आएको आकस्मिक बाढीका रूपमा उल्लेख गर्नु उपयुक्त देखिन्छ।

बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ बढेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्को सूचना नआएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृहमन्त्री सुधन गुरुङले पनि पाँच जिल्लाका नदीतटीय नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

0 Comments