१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेखुस्थित त्रिशूली नदीमा जलसतह उच्च

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ ।

धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुस्थित त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ । उक्त स्थानमा आठ मिटर पानीको सतह पुगेपछि खतरा तह मानिन्छ ।

भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र निरन्तर बढिरहेको शाखाले जनाएको छ ।

जलसतह बढिरहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा त्रिशूली करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ ।

नदी आसपासका बासिन्दाले नदीको बहाव बढ्दै गएको अवस्थामा सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ ।

वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले रसुवा तथा नुवाकोट आसपासमा आज दिउँसोदेखि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

रसुवाको भोटेकोशी हुँदै नुवाकोट, हाल धादिङसम्म प्रवेश गरिसकेको बाढीको विपद्मा परेका सर्वसाधारणको खोज तथा उद्धारमा समस्या आउन सक्ने विभागले जानकारी दिएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले रसुवा तथा नुवाकोट जिल्ला आसपासमा वर्षाको सम्भावना रहेको जानकारी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरे । “यी जिल्ला मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी बाढीमा पर्ने सर्वसाधारणको उद्धारका लागि समस्या आउन सक्छ । ”, उनले भने ।को जानकारी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरे । “यी जिल्ला मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी बाढीमा पर्ने सर्वसाधारणको उद्धारका लागि समस्या आउन सक्छ । ”, उनले भने ।

0 Comments