१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामर्थ्य लगाउन आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सभापति लामिछानेले यो कठिन घडीमा सरकार र आफ्नो पार्टी पीडितहरूको साथमा रहेको प्रतिबद्धता जनाएका हुन् । 

त्रिशूली क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनले बाढी र पहिरोको जानकारी प्राप्त भए लगत्तै आफूले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्री लगायतका सरकारी संयन्त्रसँग निरन्तर संवाद र समन्वय गरिरहेको जानकारी दिए । 

सरकारले रणनीतिक योजनाका साथ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको भन्दै उनले यतिबेला सबैभन्दा महत्त्वपूर्ण कार्य नागरिकको रक्षा गर्नु रहेको उल्लेख गरे । सभापति लामिछानेले विपद्को समयमा सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर एकजुट हुन आवश्यक रहेको बताए । 

संकटको यस घडीमा प्रतिपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको बताए । उनले भने, ‘त्रिशूली क्षेत्रमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । यस कठिन घडीमा प्रभावित नागरिकसँग सिङ्गो रास्वपा र सरकार साथमा रहेको कुरा सम्मानित सदनलाई अवगत गराउन चाहन्छु । बिहानदेखि नै प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रसँग निरन्तर समन्वय र छलफल गरिरहेको छु । नागरिकको ज्यान बचाउनु अहिलेको पहिलो प्राथमिकता हो र सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य उद्धार तथा राहतमा लगाउनेछ भन्नेमा म प्रतिबद्ध छु । यस विपद्मा पक्ष-प्रतिपक्ष नभनी सरकारलाई सहयोग गर्ने उच्च राजनीतिक संस्कार प्रदर्शन गर्नुभएकोमा विपक्षी बेञ्चप्रति धन्यवाद व्यक्त गर्दछु । रसुवा र धादिङका नदी तटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन, सुरक्षित स्थानमा जान, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गर्दछु । साथै चितवन, नवलपरासी लगायतका नदी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन र पर्याप्त सुरक्षा जनशक्ति तथा आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न सरकारसँग आग्रह गर्दछु ।’

उनले रसुवा र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई थप क्षति हुन नदिन उच्च सतर्कता अपनाउन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन अपिल गरेका छन् । 

साथै, चितवन र नवलपरासी लगायतका तल्लो तटीय क्षेत्रमा समेत सावधानी अपनाउन आग्रह गर्दै उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति र आवश्यक स्रोत-साधन तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

0 Comments