११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापनबारे सरकारले हरेक घण्टा आधिकारिक जानकारी दिने, अफवाहको पछि नलाग्न गृह मन्त्रालयको आग्रह

अ+ अ-

काठमाडौँ । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीवार बिहान जानकारी दिँदै अबदेखि सरकारले हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताएका हुन् । विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भई नागरिकमा त्रास फैलिएको गुनासो आएपछि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) मार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो । उक्त विज्ञप्तिमा राहत वितरणको अवस्था, जनशक्ति परिचालन, सवारी साधन तथा सामग्रीको उपलब्धता र वितरणको पछिल्लो विवरण समावेश गरिने प्रमुख पौडेलले जानकारी दिए । 

उनले भने,  ‘हामी मिडियासँग पनि निरन्तर सम्पर्कमा रहन्छौँ । त्यसैले आधिकारिक निकायबाट संप्रेषित सूचनालाई मात्र आधार मान्न हामी आम नागरिकमा अनुरोध गर्दछौँ ।’

उनले संकटको यस घडीमा सरकारको आलोचना गर्नुभन्दा पनि मानवीय जीवन रक्षालाई प्राथमिकता दिन सबै पक्षलाई आह्वान गरे । प्रमुख पौडेलले निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, आमा समूह र महिला समूहहरूलाई जिम्मेवार भएर सहयोगमा जुट्न आग्रह गरेका छन् । उनकाअनुसार अहिलेको मुख्य प्राथमिकता नागरिकको जिउज्यान बचाउनु हो। भौतिक सम्पत्तिको क्षतिको अध्ययन भने ‘पोस्ट डिजास्टर निड्स एसेसमेन्ट’ (पिडिएनए) तथा अन्य माध्यमबाट पछि गरिने उनले स्पष्ट पारे । सरकारले यस संकटपूर्ण समयमा सकारात्मक र सहयोगी भावनाका साथ विपद् व्यवस्थापनमा जुट्न सम्पूर्ण नेपालीहरूमा अपिलसमेत गरेको छ । 

0 Comments