११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी: ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन हुने आन्तरिक तथा वाह्य पर्यटकको संख्या ६ सय ४४ पुगेको छ । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले यस्तो बताए ।

उनले टुर एजेन्सीहरूले दिएको जानकारीअनुसार विभिन्न ३३ देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिए । उनकाअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना छन् । अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या १ सय २७ जना रहेको उनले जानकारी दिए।

त्यसै गरी, अस्ट्रेलियाका ३५, मलेसियाका ५१, युकेका ३३, युएसएका ६५, क्यानडाका २५, युक्रेनका ५३ पर्यटक सम्पर्कविहीन भएको ऐरले बताए । उनले टुर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र बनाएको समेत जानकारी दिए। उनले टिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकहरू अझै पनि सम्पर्कमा नआएको भन्दै खोजी कार्य भइरहेको बताए ।

उनले भने, ‘भोटेकोशी बाढी सम्बन्धी खोज, उद्धारसम्बन्धी बोर्डले विभिन्न टुर अपरेटरहरूसँग जानकारी लिइराखेका छौँ । पर्यटकहरू सम्पर्कविहीन भएको संख्या हिजोभन्दा आज बढ्दो छ । पछिल्लो जानकारी अनुसार ६ सय ४४ जना हराएका छन् । हामीलाई ती पर्यटकलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ । सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना हुनुहुन्छ । सम्पर्कविहीन हुनेमा आन्तरिक पर्यटकहरू १ सय २७ जना हुनुहुन्छ । त्यसै गरी अस्ट्रेलियाका ३५, मलेसियाका ५१, युकेका ३३, युएसएका ६५, क्यानडाका २५, युक्रेनका ५३ लगायत ३३ वटा देशका पर्यटकहरू यसमा समावेश हुनुहुन्छ । हामीले प्राप्त सूचनाका आधारमा खोज र उद्धारको कार्यमा समेत तीव्रता दिएका छन् । हामीलाई पर्यटकको खोजसम्बन्धी विषयमा टुर अपरेटरहरूले समन्वय गरिरहेका छन् । त्यसको जानकारी नेपाल पर्यटन बोर्ड, नेपाल पुलिस, डिपार्टमेन्ट अफ टुरिजम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन अन्तर्गतको विभिन्न निकायहरूमा यो सूचनाहरू दिएर हामीले यसलाई विपद् व्यवस्थापन प्राधिकरण अन्तर्गत काम भइरहेको अवस्था छ । पछिल्लो समय सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धारका कार्यमा विभिन्न निकायहरू पनि जोडिएका छन् । खासगरी टिमुरे र माथिको क्षेत्रमा रहेका मान्छेहरू अहिले पनि सम्पर्कमा नरहेको र अहिले तल्लो क्रमको विभिन्न ठाउँमा उद्धारको टोली परिचालन गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा संलग्न निजी क्षेत्र पनि खोज तथा उद्धारको क्षेत्रमा सक्रियताका साथ काम गरिरहेको छ । हामी सबै पर्यटकहरूलाई सकुशल उद्धार गर्ने कुरामा गम्भीर र चिन्तित छौँ । हामीले पर्यटकहरू सम्पर्कमा आएको तथा सम्पर्कविहीन भएको तथ्याङ्क वेभ साइटमार्फत समेत सार्वजनिक गरिरहेको छौँ । विपद् प्राधिकरणको वेभ साइटमा जानुभयो भने पनि त्यहाँ भेट्टाउन सक्नुहुनेछ । अहिले सिभिल एभिएसनको टिम एअरपोर्टमै खटिएको छ । उहाँहरूले आवश्यक समन्वय गरिरहनुभएको छ । यद्धपी हामीले पछिल्लो २ घण्टाको अपडेट पाएका छैनौँ ।’

उनका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूसँगको समन्वयमा तथ्याङ्क सङ्कलनको कार्य गरिरहेको छ । उक्त भीषण बाढीको मुख्य कारण नेपाल–चीन सिमानामा गएको हिम चट्टान पहिरो रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्बिरको अध्ययन यस्तो निष्कर्ष निकालेको हो । रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तर पूर्वी सिमानामा हिम चट्टान पहिरो जाँदा ल्हेन्दे खोलामा गेग्र्यानसहित बाढी आएको र टिमुरे हुँदै त्रिशूलीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ ।

0 Comments