११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीपछि सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ। रसुवामा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको विवरण सार्वजनिक भएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेपछि खोज तथा उद्धारका लागि सम्बन्धित प्रशासनलाई आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गरी सार्वजनिक गरेको हो।

कार्यालयका अनुसार सम्पर्कविहीन रहेका २२४ जनाको खोजी तथा उद्धारका लागि रसुवा र नुवाकोटका जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उनीहरू रहेको हुन सक्ने भएकाले सम्बन्धित निकायमार्फत खोजी कार्य अघि बढाउन अनुरोध गरिएको हो।

सार्वजनिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बासिन्दाको संख्या सबैभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे थप विवरण प्राप्त गर्ने तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित प्रशासनिक निकायबीच समन्वय भइरहेको छ।

0 Comments