११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित विदुर पुगेर प्रधानमन्त्री शाहले दिए राहत र पुनर्स्थापनामा तीव्रता दिन निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी उद्धार, राहत, पूर्वाधार पुन:सञ्चालन र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाह आज बिहान ९:३० बजे पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित सडक मार्गबाट नुवाकोट पुगेका थिए। प्रभावित क्षेत्रका बस्तीमा पुगेर बाढीबाट भएको भौतिक क्षतिको अवस्था अवलोकन गरेपछि उनी नेतृत्वको टोली काठमाडौँ फर्किएको हो।

रसुवाको भोटेकोशीबाट आएको बाढीले नदी आसपासका क्षेत्रमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएका छन्। बाढीपछिको अवस्थाबारे तत्काल उच्चस्तरीय बैठकमार्फत आवश्यक निर्देशनसमेत दिइएको थियो।

नुवाकोट भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रको भौतिक अवस्थाको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग क्षति तथा उद्धार-राहतको अवस्थाबारे छलफल गरेको थियो।

छलफलका क्रममा विस्थापित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने, बाढीका कारण अवरुद्ध भएका सडक तथा अन्य पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउने र प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापनालाई गति दिने विषयमा प्रधानमन्त्री शाहले सम्बद्ध पक्षलाई निर्देशन दिएका थिए।

स्थलगत निरीक्षणबाट प्राप्त विवरणका आधारमा तत्कालीन राहत व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुन:स्थापना र प्रभावित समुदायको पुनर्स्थापनालाई अघि बढाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्। निरीक्षण तथा आवश्यक निर्देशनको कार्य सम्पन्न गरी टोली आजै काठमाडौँ फर्किएको हो।

0 Comments