११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी: २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो ।

यस्तै ९ सय १० जना सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् । उनका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् ।

नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उनले जानकारी दिइन । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् ।

रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्यांक प्राप्त भएको उनले जानकारी दिइन्। उनकाअनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ ।

नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘मानवीय क्षतिको कुरा गर्दा अहिलेसम्म २५८ जनाको शव फेला परेको छ । धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोर्खामा २०, नवलपरासी पूर्वमा ६२ वटा, तनहुँमा १२, चितवनमा १०८ वटा र नवलपरासी पश्चिममा १५ वटा शव फेला परेको छ । ९१० जना व्यक्ति सम्पर्कविहीन भनेर हाम्रो तथ्यांकले देखाउँछ । हामीले आधिकारिक निकायहरूबाट प्राप्त तथ्यांकलाई एक्युमुलेट गरेर यहाँ राखेका छौँ। यसमा नेपाल प्रहरी २८ जना, नेपाली सेना ४४ जना, सशस्त्र प्रहरी बलबाट १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालय ४ जना, अन्य व्यक्तिहरू रसुवाको भनेर १६१ जना छ । नुवाकोटको १ जना छ । त्यहाँसँगै अब सम्पर्कविहीन भएका विदेशी नागरिक ५ सय १७ जना हुनुहुन्छ अहिलेसम्म ३५ वटा देशका ५१७ जना फरेनर्सहरू सम्पर्कविहीन हुनुहुन्छ । नेपाल घुम्न आएका विदेशमै रहने नेपाली नागरिक भनेर १२७ जना हुनुहुन्छ । त्यसैगरी हामीले खोज तथा उद्धारमा हाम्रो तीनटा सेक्युरिटी एजेन्सीका ९ हजार २६० जना सुरक्षाकर्मीहरू फिल्डमा खटिनुभएको छ । त्यसमा नेपाल प्रहरीबाट ३ हजार ३१८ जना, नेपाली सेनाबाट ४ हजार २०० जना, सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ७४२ जना गरेर ९ हजार भन्दा बढी सुरक्षाकर्मीहरू चाहिँ प्राक्टिकल फिल्डमा खटेर उद्धारको कामहरू, खोजीका कामहरू भइराखेको छ । हामीले आज २ बजेसम्म ३५१ जना प्रभावितहरूलाई हेलिबाट उद्धार गरेका छौँ । आज उद्धारका लागि आज मात्रै ६९ वटा हवाई उडानहरू भएका छन् । विदेशी नागरिकको हकमा ४६ जना विदेशी नागरिकहरू रेस्क्यु गरिएको छ ।’

उनका अनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । प्रवक्ता महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ ।

उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उनले जानकारी दिइन् । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन् । प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

0 Comments