काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नेपाल-चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लाहरूको अवस्थालाई ध्यानमा राख्दै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने वार्षिक दिवस तथा अन्य समारोहका कार्यक्रम तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ।
विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको पत्रमा बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा दु:खद् परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ।
महाशाखाले ती जिल्लामा उत्पन्न विपद्को अवस्थालाई दृष्टिगत गर्दै विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक निकायमा आयोजना हुने वार्षिक दिवससहित अन्य हर्षोल्लासका कार्यक्रमहरू हालका लागि स्थगित गर्न अनुरोध गरेको हो।
त्रिभुवन विश्वविद्यालयले विपद्का कारण प्रभावित जिल्लाको जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै औपचारिक तथा उत्सवमूलक कार्यक्रम सञ्चालन नगरी परिस्थिति अनुकूल निर्णय लिन सम्बन्धित शैक्षिक तथा प्रशासनिक निकायलाई आग्रह गरेको छ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाको पत्रमा उल्लिखित अनुरोध ललित थापा क्षेत्री, प्रमुखको हस्ताक्षरसहित जारी गरिएको छ।






