११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीमा पत्रकार र परिवारका सदस्य सम्पर्कविहीन, खोजी तीव्र बनाउन महासंघको आग्रह

अ+ अ-

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पत्रकार तथा उनीहरूका परिवारका सदस्य सम्पर्कविहीन भएको भन्दै नेपाल पत्रकार महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

महासंघका अनुसार समाचार संकलनका क्रममा केरुङतर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएका छन्। उनको परिवारबाट प्राप्त जानकारीअनुसार उनीसँग सम्पर्क हुन नसकेको हो।

त्यस्तै, नुवाकोटको विदुर-६ का पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य पनि बाढीपछि सम्पर्कविहीन रहेको महासंघले जनाएको छ। पौडेलका अनुसार उनका बुबा, आमा, काका, काकी र बहिनीको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन।

महासंघका महासचिव रामप्रसाद दाहालले सम्पर्कविहीन पत्रकार तथा परिवारका सदस्यको खोजी कार्यलाई तत्काल तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्यमा आवश्यक समन्वय र स्रोतसाधन परिचालन गर्न महासंघले जोड दिएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित भएको महासंघले जनाएको छ। सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदान तथा समाचार संकलनमा समेत कठिनाइ उत्पन्न भएको भन्दै सञ्चार सेवा यथाशीघ्र नियमित गर्न आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ।

महासंघले सञ्चार सेवा सञ्चालनका लागि वैकल्पिक प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ। विपद्का बेला सूचना सम्प्रेषण तथा प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे जानकारी प्रवाह गर्न सञ्चार माध्यमको सेवा निरन्तर रहनुपर्ने महासंघको भनाइ छ।

0 Comments