काठमाडौँ । बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने क्रममा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नुवाकोटमा सामग्री पठाएको छ।
मन्त्रालयका अनुसार प्रभावित परिवारका लागि ३०० थान डिग्निटी किट तथा मासिक धर्म व्यवस्थापनका लागि आवश्यक ६०० थान अन्तर वस्त्र नुवाकोटको बट्टारस्थित मैथिली ब्यारेकमा पठाइएको हो।
राहत सामग्री नेपाली सेनाका तीन वटा ट्रकमार्फत प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयले जनाएको छ। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखी सामग्री सम्बन्धित क्षेत्रमा पुर्याइएको हो।
मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहायता उपलब्ध गराउने कार्यअन्तर्गत उक्त सामग्री पठाएको जनाएको छ।






