काठमाडौँ । कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि राहत र उद्धारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारले आफ्नोतर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने बताए ।
मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।






