१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले विभिन्न अस्पतालमा उपचारत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताएकी हुन् । 

कार्यवाहक नगरप्रमुख डंगोललगायतको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेको उपचारको प्रबन्ध तथा अन्य विषयमा जानकारी लिएको थियो । 

उनले विपद् प्रभावितको उद्धार, उपचार तथा राहतका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने बताइन् । उनले भनिन्, “अहिले राष्ट्रिय संकट परेको छ । यस्तो बेलामा नागरिकको जीवन बचाउने, घाइतेको उद्धार र राहतको काम भइरहेको छ । परिवार र आफन्त गुमाएका व्यक्तिलाई हामी सहयोग गर्छौँ ।”

त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिँदै डंगोलले आवश्यक औषधि तथा उपकरणको उपलब्धताबारे जानकारी लिएकी थिइन् । अस्पतालका उपनिर्देशक डा. पवनराज चालिसेले विपद्का कारण आकस्मिक स्वास्थ्य सेवा बढेकाले औषधि तथा अन्य अत्यावश्यक सामग्रीको थप व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए। 

त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेको अवस्थाबारे पनि कार्यवाहक प्रमुख डंगोलले जानकारी लिइन् । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले उपचाररत बिरामीको अवस्थाका बारेमा उल्लेख गरेका थिए । 

सो अवसरमा पनि उनले अस्पतालमा उपचाररत घाइते तथा बेपत्ता परिवारका सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउन महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

0 Comments