१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चको आदेशपछि काँग्रेसलाई आन्तरिक विवादभन्दा विपद् व्यवस्थापनमा केन्द्रित हुन विश्वप्रकाश शर्माको आग्रह

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएको अवस्थामा अब महाधिवेशनको तयारीलाई लिएर अन्योलमा नरही पार्टीका सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

रसुवाको बाढीबाट सिर्जित मानवीय संकटतर्फ संकेत गर्दै शर्माले अहिलेको प्राथमिकता विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्। त्यसपछि पूर्वनिर्धारित प्रक्रियाअनुसार पार्टीको महाधिवेशनतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा थप जोखिम बढिरहेको उल्लेख गर्दै नेपालमा ४७ वटा हिमताल विस्फोटको सम्भावित जोखिममा रहेको बताएका छन्। तिब्बती क्षेत्रमा हिमताल विस्फोटपछि आएको बाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उदाहरणबाट भविष्यका जोखिमबारे गम्भीर हुनुपर्ने उनले बताए।

शर्माले जलवायुजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि नेपालले अन्तर्राष्ट्रियस्तरमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। कार्बन उत्सर्जन न्यून गर्ने साना राष्ट्रहरूको नेतृत्व गर्दै ठुला राष्ट्रसँग जलवायु न्याय तथा जोखिम न्यूनीकरणका विषयमा संवाद र दबाब बढाउनुपर्ने उनको भनाइ छ।

विपद्को अवस्थामा सरकारमा रहेका र बाहिर रहेका सबै राजनीतिक दलले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने शर्माले बताए। काँग्रेसभित्र पनि विगतका मतभेदलाई पन्छाएर राष्ट्रिय संकटमा सहकार्य गर्ने राजनीतिक परिपक्वता देखाउनुपर्ने उनको धारणा छ।

उनले राजनीतिक दल तथा व्यक्तिका आन्तरिक विवाद निश्चित प्रक्रियाबाट समाधान गर्न सकिने उल्लेख गर्दै असहमति कायम रहे पनि साझा विषयमा सहकार्य गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

देश विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको अवस्थामा काँग्रेसले आफ्नै आन्तरिक विषयमा मात्र केन्द्रित भएर समय खर्च गर्न नहुने शर्माको भनाइ छ। उनले विधानको धारा १७९२० अनुसार दुई फरक मतका बीच विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएको विषयसमेत स्मरण गराएका छन्।

सबै पक्षलाई समेट्ने प्रयास स्वरूप महाधिवेशनको कार्यतालिका २२ दिन पर सारिएको उल्लेख गर्दै शर्माले केही समयअघि अघि सारिएको सातबुँदे प्रस्तावका आधारमा पार्टी कार्यालयमै संवादमार्फत सहमति खोज्न आग्रह गरेका छन्।

उनले अहिले पार्टीभित्रको विवादमा मात्र अल्झिरहने अवस्था नरहेको बताउँदै प्राकृतिक विपद् तथा अन्य राष्ट्रिय विषयमा काँग्रेसको जिम्मेवार र एकताबद्ध भूमिकाको आवश्यकता रहेको उल्लेख गरेका छन्।

0 Comments