१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले भन्यो : ‘आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौँ’

अ+ अ-

काठमाडौँ । सरकारले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उपलब्ध सबै आन्तरिक स्रोत र साधनको अधिकतम परिचालन गरिरहेको जानकारी दिएको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्धार कार्यलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोली उद्धार कार्यमा पूर्ण रूपमा परिचालित रहेको जानकारी दिए ।

उनले भने, ‘पहिलो चरणमा उपलब्ध जनशक्ति र स्रोतको प्रयोग गरेर नागरिकको ज्यान जोगाउनु हाम्रो प्राथमिकता हो । स्वयंसेवकहरूको परिचालनलाई पनि थप व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको छ ।’

अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकहरूसँग समन्वय भइरहेको र राहत सामग्री ल्याउने विषयमा छलफल जारी रहेको उनले बताए ।

आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गरिने सरकारको तयारी छ ।

सरकारले विपद्का समयमा आधिकारिक सूचना मात्र ग्रहण गर्न नागरिकलाई अपिल गरेको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबपेज र विपद् व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारीलाई मात्र आधार मान्न मन्त्री पोखरेलले आग्रह गरे ।

राहत संकलनका लागि सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष’ लाई सक्रिय बनाएको छ। देश तथा विदेशमा रहेका इच्छुक व्यक्ति वा संस्थालाई आधिकारिक माध्यम र क्युआर कोड पहिचान गरेर मात्र उक्त कोषमा रकम जम्मा गर्न आग्रह गरिएको छ ।

मन्त्री पोखरेलका अनुसार अर्थ मन्त्रालयले राहत कोषको विवरण र संकलित रकमका बारेमा छिट्टै थप स्पष्ट जानकारी सार्वजनिक गर्नेछ ।

0 Comments