१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानी भेरी गाउँपालिकाका गरी १५ जना  सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा रसुवा भन्सार कार्यालयमा कार्यरत मुसिकोट नगरपालिका-२ रातामाटाका हरिबहादुर खड्का, गोसाइकुण्ड गाउँपालिकामा कार्यरत आठबिसकोट नगरपालिका-७ का खम्बु बोहरा र उहाँकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेको भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिए । 

त्यस्तै त्यहाँस्थित जलविद्युत् आयोजनामा  कार्यरत आठबिसकोट नगरपालिका-५ का चित्रबहादुर घर्ती र चौरजहारी नगरपािलका-१३ का रामबहादुर बिष्ट पनि सम्पर्कविहीन छन् । 

रसुवा भन्सार कार्यालयमा कार्यरत सानी भेरी-७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका-९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका-१० धाराखोलाकी तुलसा केसी, उनको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका-१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन रहेको सहायक प्रजिअ ओलीले जानकारी दिए।

बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ  ।

0 Comments