१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा जोखिमपछि विद्युतीय खरिद प्रणालीको प्रयोग स्थगित

अ+ अ-

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरक्षा जोखिम देखिएको भन्दै सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम)को प्रयोग स्थगित गरेको छ।

कार्यालयले सूचना जारी गर्दै प्रणालीमा देखिएको सुरक्षा जोखिमका कारण मर्मतसम्भार तथा सुधारको काम भइरहेको जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि भदौ ११ गतेदेखि प्रणालीको प्रयोग स्थगित गरिएको हो।

कार्यालयका अनुसार भदौ ११ गतेसम्म प्रकाशन भई प्रस्ताव पेस गर्ने म्याद बाँकी रहेका तथा नयाँ प्रकाशन गरिने बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउ पत्रको प्रक्रिया सार्वजनिक निकायहरूले हार्डकपीमार्फत अघि बढाउन सक्नेछन्।

यसअघि विद्युतीय खरिद प्रणालीमा खोलिएका बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउ पत्रमध्ये बोलपत्रदाता, आपूर्तिकर्ता वा परामर्शदाताको प्रस्ताव डाउनलोड गर्न बाँकी रहेका ठेक्काका हकमा सम्बन्धित सार्वजनिक निकायको अनुरोधअनुसार आवश्यक सहजीकरण गरिने कार्यालयले जनाएको छ।

कार्यालयले प्रणाली सञ्चालनमा आएको जानकारी अर्को सूचनामार्फत गराइने स्पष्ट पारेको छ।

0 Comments